Logo
Logo

हेटौँडास्थित राप्ती किनारमा एक पुरुषको शव भेटियो


252
Shares

काठमाडौं । मकवानपुरस्थित राप्ती नदीको किनारमा एक पुरुषको शव भेटिएको छ । हेटौँडा उपमहानगरपालिका–११, थानाभ¥याङस्थित सुकुमवासी टोलनजिकै राप्ती नदीको किनारमा मंगलबार साँझ परिचय नखुलेका पुरुषको शव भेटिएको हो ।

अन्दाजी ३०÷३५ वर्षका पुरुषको शव भेटिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए । पोस्टमार्टम र शनाखतका लागि शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्