काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ । बुधबार दिउँसो ब्यूरोको टोलीले संघको कार्यालयमा छापा मारेको हो । प्रहरीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।

संघले गैरकलाकार तथा मानिसलाई नक्कली कागजात बनाएर विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रमुख एसएसपी ओम रानाले संगीत उद्योग संघमा छापा मारेको पुष्टि गरे । संघका पदाधिकारीको रोहबरमा छापा मारेको बताउँदै उनले बरामद गरिएको कागजपत्र अनुसन्धान गरिने बताएका छन् ।














