Logo
Logo

रास्वपाले मुकुललाई फेरि स्पष्टीकरण सोध्ने, स्थानीय तहको उपचुनावमा भाग लिने


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्य नै नरहने गरी कारबाही किन नगर्ने भनेर अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि गत साउन ३० मा रास्वपाले ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेको थियाे । उक्त स्पष्टीकरणको जवाफ मुकुलले दिइसकेका छन् ।

बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिनेबारे समझदारी भएको छ । यसको औपचारिक निर्णय भने अर्को बैठक बसेर गर्ने रास्वपाले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्