
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । भेलाको आवश्यकता, औचित्य, उद्देश्य र सहभागिताका लागि अगुवा कार्यकर्तासँग अन्तरक्रिया गर्न खोजिएको उनले बताए ।














