Logo
Logo

भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो: प्रचण्ड


1.8k
Shares

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

उनले माओवादी सरकारमा जान हतार नगर्ने पनि बताएका छन् । उनको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ भन्ने अध्यक्षको धारणा थियो ।’

१८ महिना सरकारको नेतृत्व गर्दा गरेको राम्रो कामबाट तर्सिएर कांग्रेस र एमालेले सरकार ढालेको उनको दाबी छ । सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘जनताको बीचमा राम्रै छाप परेको छ ।’

प्रतिक्रिया दिनुहोस्