Logo
Logo

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल बंगलादेशसँग खेल्दै


378
Shares

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि सुरू हुनेछ ।

प्रतियोगितामा नेपालको आजको खेल दोस्रो हो । नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ । यसअघि नेपालले उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो । श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।

बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । भारत र भुटानले एक÷एक खेल जितेका छन्। शुक्रबार भारत र माल्दिभ्सबीचको खेलछि सेमिफाइनल समिकरण पूरा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्