Logo
Logo

एक हजार ४२० किलो गाँजासहित दुई जना पक्राउ


819
Shares

काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४ सय २० किलो गाँजासहित दुई जनालाई प्रकाउ गरेको छ ।

आज बिहान करिब ९ बजेतिर धनकुटाबाट धरानतर्फ आउँदै गरेको मुला लोड गरेको ट्रकमा एक हजार ४२० किलो गाँजासहित ३४ वर्षीय राजकुमार दाहाल र ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।

बरामद भएको गाँजा ४४ बोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ ।

धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्