काठमाडौं नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै रिक्त अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको हो ।

ती पदमा खुला तथा समावेशीताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको हो । सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानबाट १४ जना, खुलाबाट १४७ जना, महिला २४, आदिवासी/जनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जना भर्ना गर्न चाहेको सूचनामा उल्लेख छ ।
इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।














