काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सहकारी संस्था वचत रकम दुरुपयोगबारे संसदीय विशेष छानविन विशेष समितिले सोधपुछ गरिरहेको छ ।

सिंहदरवारस्थित समितिको कार्यालयमा जारी सोधपुछमा समितिले लामिछानेलाई प्रश्नमा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा रकम पठाउन मिल्छ भनेर प्रश्न गरेको छ ।
‘यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ? सुप्रिम वचत तथा ऋण सहकारी लि. बुटवलमा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको बचत ग्लोवल आइएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ । उक्त व्यहोरा के कसो हो ? भनेर समितिले प्रश्न गरेको छ ।














