Logo
Logo

नाडा अटो शोमा बीवाइडीको नयाँ एटो-थ्री


1.9k
Shares

काठमाडौं । यही भदौ ११ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोका लागि विश्वप्रसिद्ध ब्राण्ड बिवाइडीले सन् २०२४ को एटो थ्रीको नयाँ मोडल काठमाडौंमा ल्याएको छ । चीनलगायत युरोपमा अत्यन्तै लोकप्रिय नेपालमा पनि सर्वाधिक मन पराइने विश्वास साइमेक्स इंकले लिएको छ ।

विश्व प्रसिद्ध ब्राण्ड बिवाइडीले सन् २०२३ मा २८ सयभन्दा बढी अटो थ्री नेपालमा बिक्री गरेर एसिया प्यासिफिक क्षेत्रमै पहिलो स्थान ओगटेको छ । सन् २०२३ मा नेपालमा इभी बिक्री गर्ने पहिलो नम्बरमा बिवाइडी परेको छ ।

बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार सन् २०२३ मा विभिन्न ब्राण्डका बिवाइडीका ४१ सयभन्दा बढी गाडी नेपालमा बिक्री भएको छ । बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले शुक्रबारबाट नयाँ अटो थ्रीको दरबारमार्गस्थित ‘हार्टरक क्याफे’बाट शुभारम्भ गरेको छ । अटो थ्रीको नयाँ मोडल हेर्न दरबारमार्गमा घुइँचो लागेको थियो ।

सन् २०२२ को फेब्रुअरीमा पहिलो पटक चीनमा सार्वजनिक भएको इलेक्ट्रीक एसयूभी एटो–थ्री नेपालमा लोकप्रिय मोडलको रुपमा स्थापित छ । विशेषगरी युवा उद्यमीबीच यो मोडल लोकप्रिय छ । बीवाइडीको तेस्रो जेनेरेशन ‘अल इलेक्ट्रीक ई प्लेटफर्म’मा बनेको छ ।

चीनमा एटो–थ्री अनर एडिशन नाममा आएको यो नयाँ भर्सन ब्ल्याक कलरमा सजिएकोले निकै आकर्षक देखिन्छ । यसमा एक्सटेरियर र इन्टेरियर पाउन सकिन्छ । सन् २०२३ मा नेपालमा उपलब्ध भर्सनमा रहेका क्रोम एलिमेन्टसहरुलाई सबै कालो बनाइएको छ ।

यसमा अपग्रेटेड कन्टीन्यूवस भ्वाईस कलिङ सपोर्ट ककपिट प्रयोग गरिएको छ । यसअघिको १२.८ इन्चको रोटरी स्क्रिनको सट्टा नयाँ इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । डिलीङ्क ४.० इन्टेलीटेन्ट सिस्टम सहितको १५.६ इन्चको फ्लोटिङ टच स्क्रिन नयाँ एटो–थ्रीमा बनाइएकोले नाडा अटो शोको सबैभन्दा आकर्षक मोडल नयाँ अटो थ्रि बन्ने कुरामा साइमेक्स इंक विश्वस्त छ ।

नयाँ एडिशनमा कम्पनीले हिटपम्प सिस्टम पनि अपग्रेड गरेको छ । यसलाई पनि कम्पनीले ६० र ४९.९२ किलोवाटको ब्याट्री प्याकमा नै ल्याउन लागेको छ ।

साइमेक्स इंकले यसअघि घोषणा गरेको मूल्यमा नै नयाँ भर्सन उपलब्ध गराउने जनाएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको कर वृद्धि अनुसार भएको समोजित मूल्यमा नै नयाँ एटो–थ्री किन्न बजारमा पाइने छ ।

बीवाइडी एटो–थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ र सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ कायम भएको थियो ।

विश्व प्रसिद्ध ब्राण्ड बिवाइडीले सन् २०२३ मा चीनलगायत अन्य देशमा ३२ लाख इभी बिक्री गरेर रेकर्ड कायम गरेको छ । इभी भन्नासाथ ब्याट्रीको ग्यारेन्टीको कुरा आउने भएकोले नेपालमा मात्र होइन, युरोपमा पनि बिवाइडीको गाडीप्रति सचेत ग्राहक आकर्षित भएका हुन् । बिवाइडी आफैँ ब्याट्री उत्पादक कम्पनी पनि हो ।

नेपालमा पछिल्लोपटक विभिन्न ब्राण्डका चिनियाँ इभी गाडीहरुबीच प्रतिस्पर्धा भए पनि ब्याट्रीको ग्यारेन्टीका कारण बिवाइडीका ब्राण्डलाई अन्य ब्राण्डले उछिन्न सकेको छैन ।

बिवाइडीले आफ्टर सेल्स सर्भिसको लागि सुविधा सम्पन्न सर्भिस सेन्टर जयबागेश्वरीमा निर्माण गरेको छ । कुनै पनि पार्टपुर्जा सजिलै उपलब्ध हुने साइमेक्स इंकले जनाएको छ । उक्त सर्भिस सेन्टरमा एकैपटक १० वटासम्म गाडी सर्भिसिङ गर्ने सुविधा उपलब्ध गराएको छ । देशैभरि सर्भिस सेन्टरलाई बिवाइडीले प्राथमिकतामा राखेको छ । साथै, काठमाडौं बाहिरका प्रमुख सहरहरुमा बिवाइडीले चार्जिङ स्टेशनको निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्