म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सेखोला बोक्सिखोला बग्न थालेको छ ।

शुक्रबार पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिएको थियो । अहिले उक्ता खोला बग्न थालेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए ।
नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको थियो । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको शेरचनले बताए ।
‘शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो’, उनले भने, ‘हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।’














