Logo
Logo

दोरम्बा पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता


315
Shares

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो ।

चण्डीकाका ११ वर्षीया छोरी अञ्जना घाइते छिन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । अन्य चार जना अझै बेपत्ता छन् । घटनास्थलमा स्थानीय, जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा खटिएका छन् ।

शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ । तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्