Logo
Logo

जिपको ठक्करबाट नागार्जुनमा मोटरसाइकल चालकको मृत्यु


693
Shares

काठमाडौं । नागार्जुनमा जिपले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।

शनिबार राति नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिपले बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो । जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्