Logo
Logo

सहमतिमा पदाधिकारी चयन नभए निर्वाचन गर्ने एकीकृत समाजवादीको तयारी


4.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय संरचनाहरूको निर्माणका विषयमा छलफल गरेको छ । 

आइतबारबाट सुरु केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सोमबार पदाधिकारीलाई पूर्णता दिदैँ केन्द्रीय संरचनाहरूको निर्माण गर्ने विषयमा प्रदेश पदाधिकारी लगायतका अन्य सदस्यहरूसँग छलफल गरेको हो । 

पार्टीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ । पदाधिकारी चयन सहमतिमा गर्ने प्रयास हुने र सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट भएपनि चयन गर्ने तयारी समाजवादीको छ । त्यस्तै बैठकले पार्टीको भावी कार्ययोजना समेत तय गर्ने नेताहरूले जनाएका छन् ।

यसैबीच सोमबार बिभिन्न पार्टीबाट आएका कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादीमा प्रवेश गराएका छन् । केन्द्रीय कमिटी बैठक मङ्गलबार सम्पन्न हुने समाजवादीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्