Logo
Logo

आज संसदमा सम्बोधन गर्दै प्रचण्ड


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने संसद बैठकमा अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्डले संसदको विशेष समयमा सम्बोधन गर्ने तयारी भएको जानकारी दिए ।

आफूसँगको सत्ता सहकार्य तोड्दै एमालेले कांग्रेससँग मिलेर सरकार बनाएपछि प्रचण्ड रुष्ट छन् । उनले सार्वजनिक कार्यक्रमहरूमा दुई ठूला दलको गठबन्धन सरकारलाई भ्रष्टहरूको सरकार भनी आलोचना गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्