Logo
Logo

भरतपुरको सनराइज स्कुलको होस्टलबाटै बालक बेपत्ता


0
Shares

काठमाडौं । चितवनको भरतपुरस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाटै एक बालक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१३ उज्जवलनगरका ११ वर्षीय संयोगबहादुर पौडेल स्कुलको होस्टलबाटै बेपत्ता भएका हुन् ।

सनराइज स्कुलमा कक्षा ५ मा अध्ययनरत उनी मंगलबार अपरान्ह ४ बजेदेखि नै सम्पर्कबिहिन भएको जानकारी परिवारबाट आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

संयोगको आमा सरीता क्षेत्री अहिले वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छिन् । आमा विदेशमा रहेको कारण बालकको पढाई र रेखदेखमा सहज हुने भन्दै उनलाई विद्यालयकै होस्टलमा रोखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बालक हराएको जानकारी मंगलबार राति आएको बताए । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्