Logo
Logo

एमालेको सचिवालय बैठक बस्दै


504
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ ।

यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो । पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्