Logo
Logo

जिनेभामा प्रदर्शन गरिँदै गाजाका सांस्कृतिक सम्पदा


252
Shares

एजेन्सी । गाजापट्टीका पुरातात्विक सम्पदा जिनेभामा प्रदर्शनमा राखिएका छन् । स्विस सहरले एक वर्षको युद्धले ध्वस्त भएको क्षेत्रको सम्पदाको रक्षा गरिरहेको छ ।

कला र इतिहास सङ्ग्रहालय (एमएएच) मा आयोजित ‘खतरामा रहेका सम्पदा’ प्रदर्शनीमा गाजामा फेला परेका ४४ वटा वस्तुमध्ये एम्फोरा, मूर्तिहरू, फुलदानी, तेलका बत्ती र मूर्तिहरू प्रदर्शनमा राखिएका छन् ।

‘यो गाजाको आत्माको अंश हो । यसको आफ्नै पहिचान छ’, प्रदर्शनीको क्युरेटर बीट्रिस ब्लान्डिनले भने, ‘सम्पदा वास्तवमा यस भूभागको इतिहास हो, त्यहाँ बस्ने मानिसहरूको इतिहास हो।’

शनिबारदेखि फेब्रुअरी ९ सम्म चल्ने प्रदर्शनीमा सुडान, सिरिया र लिबियाका कलाकृतिहरू पनि समावेश छन् ।

सशस्त्र द्वन्द्वको घटनामा सांस्कृतिक सम्पत्तिको संरक्षणका लागि सन् १९५४ हेग अधिवेशनको ७०औँ वार्षिकोत्सवको अवसरमा यो प्रदर्शनी आयोजना गरिएको हो ।

द्वन्दवको समयमा यस्ता सांस्कृतिक सम्पत्तिलाई क्षति, लुटपाटबाट जोगाउने सङ्ग्रहालयको जिम्मेवारी र आगन्तुकलाई जानाजानी सम्पदा नष्ट गर्नु युद्ध अपराध हो भनेर सम्झाउँने उदेश्यका साथ यो प्रदर्शनी आयोजना भएको हो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायलको आक्रमण सुरुभएदेखि प्यालेस्टिनी क्षेत्रका सांस्कृतिक सम्पदाले भारी मूल्य चुकाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सङ्गठनले जनाएको छ ।

युनेस्कोले युद्धका कारण गाजाको १० वटा धार्मिक स्थल, ४३ वटा ऐतिहासिक र÷वा कलात्मक चासोका भवन, दुईवटा चल सांस्कृतिक सम्पत्तिका भण्डार, ६ वटा स्मारक, एउटा सङ्ग्रहालय र ७ वटा पुरातात्विक स्थलसहित ६९ वटा सम्पदाहरु क्षति भएको पुष्टि गरेको छ ।

‘प्यालेस्टिनी सांस्कृतिक सम्पदा अभूतपूर्व विनाशको सिकार भएको समयमा जिनेभामा राखिएका गाजाका वस्तुहरूको पैतृक मूल्य पहिलेभन्दा बढी देखिन्छ’, एमएएचले भन्यो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000