Logo
Logo

दशगजामा अलपत्रलाई उद्धार गर्दै सुरक्षा निकाय


- दृष्टि न्युज/संवाददाता


भीमदत्तनगर, ८ जेठ । नेपाल-भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् । ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा गरिराखेका छन् । पछिल्लो समय कञ्चनपुरको महाकाली नगरपालिकाबाट भारतका विभिन्न क्षेत्रबाट आएका नेपालीहरु अवैधरुपमा नेपाल प्रदेश गर्ने क्रम बढिरहेको छ ।
‘बितेको एक हप्तामा करिब ५÷६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम भयो’ कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले भने, ‘आज मात्रै डेढ सय जना जतिको ¥यापिट टेष्ट हुदैछ ।’ उनले दोधारा चादँनी सीमा क्षेत्रमै पुगेर पीसीआर जाँचका लागि ९५ जनाको स्वाब लिइएको जानकारी दिए ।
‘स्वाब लिएर धनगढी परीक्षणका लागि पठाउने काम हुदैछ’ उनले भने, ‘३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दोधारा चादँनीको सीमा क्षेत्रबाट २७८ जना नेपालीहरुको उद्धार गरी भीमदत्तनगरस्थित बैजनाथ स्कूलको क्वारेन्टिनमा राखिएको जानकारी दिए । उनले भने, ‘सीमामा फेरी एक सय जनाभन्दा बढी जम्मा भइसकेको खबर आएको छ । कोरोना परीक्षण गरेर सम्वन्धीत पालिका पठाउने काम हुन्छ ।’
यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती भारतीय बजारको क्वारेन्टिनका ४५ दिन बसेका २४२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी ल्याएको थियो । उनीहरुलाई ¥यापिट टेष्ट गरेर नेगेटिभ आएपछि सम्वन्धीत गाउँपालिका पठाइएको थियो । दशगजामा अलपत्र यात्रुहरुलाई केही दिनयता माहाकाली नगरपालिकाले आवश्यक व्यवस्था गर्दै आएको छ ।
त्यसैगरी भीमदत्तनगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन यहाँका स्कूलहरुमा त्यसको प्रवन्ध मिलाइरहेको जनाएको छ । भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले दशगजाभित्र आइसकेकाहरुलाई उद्धार गरी क्वारेन्टिनमा राख्ने विषयमा आफूहरु पहल गरिरहेको जानकारी दिए ।  (रासस)

प्रतिक्रिया दिनुहोस्