Logo
Logo

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द


567
Shares

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्न लागिएकाले तीन दिन दुवै सडक बन्द हुने भएको हो ।

प्रहरी नायब उपरीक्षक श्याम अर्यालले आजदेखि तीन दिनसम्म दबै सडक बन्द हुने जानकारी दिए । उनले दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्