Logo
Logo

महिला विश्वकपको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै


567
Shares

काठमाडौं । महिला टी–२० विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।

आज राति पौने ८ बजे दुबईमा हुने खेलमा दुबै टोली उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यका साथ मैदानमा हुनेछन् । फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ ।

न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको हो ।

यता दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिका उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो । त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्