Logo
Logo

चीनले पठायाे प्रधानमन्त्रीलाई भ्रमणको निम्तो


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको निम्तो आएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् ।

एकसाता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ । यद्यपि प्रधानमन्त्री ओलीले त्यसको जबाफ भने दिइनसकेको उनको सचिवालयले जनाएको छ ।

एमाले कांग्रेसको समर्थनमा गत ३१ असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000