Logo
Logo

मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गयो


630
Shares

काठमाडौं । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ७:३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि यही स्थानलाई केन्द्रविन्दु बनाएर मंगलबार पनि ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्