Logo
Logo

सप्तरीमा बिहीबार एक प्रहरीसहित नौ जनामा कोरोना


- दृष्टि न्युज/संवाददाता


सप्तरी, २९ जेठ । सप्तरीमा बिहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक प्रहरी समेत रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा बोदेबर्साइन नगरपालिकाका ३ जना र हनुमाननगर कंकालिनी नगरपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको हो ।
स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बोदेबर्साइन नगरपालिका ५ मा २२ र ३५ वर्षीय तथा वडा नम्बर ९ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । चन्द्रा माध्यमिक विद्यालयमा संक्रमण पुष्टि भएका २२ वर्षीय पुरुष प्रहरी हुन् ।
क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरी सिरहाको सुखीपर–१० का बासिन्दा भएको बताइएको छ । अन्य २ जना भारतको दिल्ली र चण्डीगढबाट आएको स्वास्थ्य संयोजक बैद्यनाथ साहले जानकारी दिए ।
बिहीबार हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३५ वर्षीय, वडा नम्बर ४ का २३ र २३ वर्षीय, वडा नम्बर १२ का ३८ वर्षीय तथा वडा नम्बर १४ का १५ र २५ वर्षीय पुरुषमा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेब यादवले बताए । यादवका अनुसार उनीहरु भारतको मुम्बई र गुजरातबाट आएका हुन् । भारतबाट जेठको दोस्रो साता आएका उनीहरु आ(आफ्नो वडामा रहेको क्वारेन्टाइनमा बसेका थिए । सप्तरीमा कोरोना संक्रमित ९ महिलासहित १ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्