Logo
Logo

ढुंगाले हानेर महिलाको हत्या, एक जना पक्राउ


1.1k
Shares

काठमाडौं । सर्लाहीमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान रहेका छन् ।

उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको ढुंगा प्रहार गरेर हत्या गरेको आरोप छ । वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा उनको आज बिहान लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई पक्राउ गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000