
काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुने भेलाको अध्यक्ष केपी ओली, वरिष्ठ नेता विद्या भण्डारी लगायतले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक बस्ने छ ।
जसअनुसार मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ । भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।


















