Logo
Logo

त्रिभुवन विमानस्थलबाट २२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ


0
Shares

काठमाडौं । २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेका प्रहरीले जनाएको छ । 

The current image has no alternative text. The file name is: arrested-2.jpg

हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै शंका गरिएका व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन् । २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ । पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका प्रहरीले जनाएको छ । 

उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ । प्रहरीले उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरेको छ । उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलोको बजार मूल्य २२ करोड प्रहरीले बताएको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000