
एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । बैंककबाट आएको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएर दुर्घटना भएको हाे । त्यसपछि विमानमा आगो लागेको थियो ।
१८१ जना सवार विमान दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा विमान विस्फोट भएको देख्न सकिन्छ ।
दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सप्रेसले अहिलेसम्म २८ जनाको मृत्यु भएको जनाएको छ । समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चराहरूसँग विमान ठोक्किएको देखिन्छ ।










