Logo
Logo

क्यालिफोर्नियामा विमान भवनमा ठोक्किँदा २ जनाको मृत्यु


756
Shares

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ओरेन्ज काउन्टीको फुलर्टन सहरमा एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

झन्डै २ सय जना काम गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो । घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएका थिए । मृतक र घाइतेहरू विमानका हुन् कि घरमा काम गरिरहेका हुन् भन्ने यकिन हुन सकेको छैन ।

एबीसीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा भने ठुलो भवनको माथिबाट सेतो धुवाँ निस्किरहेको देख्न सकिन्छ । विमान फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000