Logo
Logo

राष्ट्रपति बाइडेनद्वारा लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका दुई हजार ५०० जनालाई क्षमादान


1.2k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार ५०० व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।

राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भनेका छन्, ‘जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउने भन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।’

उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम’ बताएका छन् ।

राष्ट्रपति बाइडेनले भने, ‘यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु ।’

कानुनमा कम्युटेसन भनेको अपराधको लागि दोषी ठहरिएपछि दिइन कम दण्डको प्रतिस्थापन हो । राष्ट्रपति बाइडेनले गत महिना करिब एक हजार ५०० व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका थिए ।

गत डिसेम्बरमा माफी पाउनेमा बन्दुक र कर सम्बन्धी अपराधमा दोषी ठहर भएपछि जेल सजाय सुनाइएका राष्ट्रपति बाइडेनका छोरा हन्टर पनि थिए ।

यसैबीच बाइडेनले केही सहयोगी र पूर्व अधिकारीहरूलाई पूर्ण माफी दिने वा नदिने भन्ने विषयमा बहस गरिरहेका छन् किनकि ट्रम्पले यसअघि ‘प्रतिशोध’ को संज्ञा दिएका थिए ।

गत डिसेम्बरमा राष्ट्रपति बाइडेनले सङ्घीय मृत्युदण्डमा रहेका ४० मध्ये ३७ जना कैदीको मृत्युदण्डको सजाय घटाएका थिए ।

सन् २०१३ को बोस्टन म्याराथन बम वर्षकमध्ये एक, सन् २०१८ मा ११ जना यहूदी उपासकको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्च गएको आरोपमा हत्या गर्ने श्वेत सर्वोच्चतावादीलाई यस सजाय छुटको निर्णयबाट हटाइएको थियो ।

रिपब्लिकन नेता ट्रम्पले बाइडेनको कार्यकालमा रोकिएका सङ्घीय मृत्युदण्ड पुनः सुरु गर्ने सङ्केत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्