Logo
Logo

गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलटसहित २ जनाको मृत्यु


1.9k
Shares

मुम्बई । भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनामा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानीको मृत्यु भएको हो ।

सुमन नेपाली भएको बताइएको छ । यद्यपी उनको ठेगाना खुलाइएको छैन । शिवानी भने भारतकै पुणे निवासी रहेको जनाइएको छ ।

अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ । प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000