
एजेन्सी । सर्बियाका प्रधानमन्त्री मिलोस वुसेविकले पदबाट राजीनामा दिएका छन् । नोभेम्बरदेखि सुरु भएको विरोध प्रदर्शन झनै चर्किएपछि उनले राजीनामा दिएका हुन् ।
परिस्थिति थप जटिल नबनोस् भनेर प्रधानमन्त्री पदबाट राजीनामा दिएको वुसेविकले बताएका छन् । गत नोभेम्बरमा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रहेको रेलवे स्टेसनको एक भाग भत्किँदा १५ जनाको मृत्यु भएको थियो ।
त्यसयता दैनिक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा १२ जना पक्राउ गरिएको बीबीसीले जनाएको छ । यसअघि सर्बियाका निर्माण मन्त्रीले पनि राजीनामा दिएका थिए । तर उनले यसका लागि आफू जिम्मेवार नभएको बताएका छन् ।










