Logo
Logo

कमलपोखरीमा ग्यास विष्फोट हुँदा १४ जना घाइते


1.3k
Shares

काठमाडौं । काठमाडौंको मालीगाउँस्थित एक मःमः पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।

घाइते हुनेहरु सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ र सिसा फुटेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्