Logo
Logo

लोकतन्त्र खोस्न खोजे चुप बस्दैनौँ, काँग्रेस सडक आन्दोलनमा जान्छ : महामन्त्री पौडेल


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने  बताएका छन् । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने बताएका हुन् । 

The current image has no alternative text. The file name is: paradeep-paudel.jpg

निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ । स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सरकारले कुनै गृहकार्य नगरेको टिप्पणी गरे ।

उनले काँग्रेस तत्काल सडक आन्दोलनमा जान नचाहेको तर सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्र जोगाउन जुनसुकै सङ्घर्ष गर्न तयार रहेको बताए । सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्ने भन्दै उनले सडकमा उभिएर आफ्ना कुरा राख्ने नागरिकको आवाजसमेत सुनिने वातावरण बनाउनुपर्ने बताए । 

पौडेलले अहिले पनि सरकार सच्चिएर सही बाटोमा आउने विश्वास आफूहरूमा रहेको उल्लेख गर्दै त्यसो नभए लोकतन्त्र रक्षाका लागि अन्य शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने स्पष्ट पारे । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000