Logo
Logo

संसदीय दलकाे बैठक बस्नुअघि उप्रेन्द्रले भेटे देउवा र ओलीलाई


2.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले बस्दै छ । यस बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी गरेको छ । जसका लागि अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन् ।

संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सभापति देउवालाई भेट्न अध्यक्ष यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सन्देश लिएर जसपा नेपालका अध्यक्ष यादव पार्टी बैठकमा गएका छन् । शीर्ष नेताहरूको आग्रह समेतका आधारमा संसदीय दलमा छलफल हुने र उपयुक्त निर्णय लिने तयारी रहेको जसपाका नेताहरूले बताएका छन् ।

जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न कार्यदल नै बनाएको थियो । उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारेको छ । जसलाई संसदीय दलको बैठकमा प्रस्तुत गरेर त्यसउपर छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्