Logo
Logo

मस्को र फिलिपिन्समा विमान दुर्घटना, दुई पाइलटसहित ७ जनाको मृत्यु


378
Shares

एजेन्सी । मस्को र फिलिपिन्समा एकैदिन दुई विमान दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको हो । प्रहरीले दुर्घटना स्थानीय समयअनुसार बिहीवार दिउँसो २ बजे अम्पाटुआन शहरमा भएको बताएको छ ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको पुष्टि गरेतापनि विवरण भने दिएको छैन । फिलिपिन्स समाचार एजेन्सीले विमान बीच किंग एयर ३५० भएको र दुई पुरुषसहित चार जनाको शव गाउँलेहरूले निकालेको बताएको छ ।

त्यस्तै मस्कोको रामेन्सकोये जिल्लामा विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार विमान बिहीवार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको हो ।

मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले विज्ञप्तिमार्फत विमान खेतमा दुर्घटनाग्रस्त भएको र दुई पाइलटको मृत्यु भएको जानकारी दिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000