
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनले मनोनीत गरेका सबै न्यायाधिवक्ताहरुलाई बर्खास्त गर्न निर्देशन दिएका छन् । विगत चार वर्षमा न्याय विभागमा राजनीतिकरण भएको भन्दै सामाजिक सञ्जालमार्फत ट्रम्पले ‘बाइडनकालीन’ महान्यायाधिवक्ताहरुलाई बर्खास्त गर्न आदेश दिएका हुन् ।
उनले भनेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ‘बाइडनकालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु । हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनःस्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ ।’
देशका ९४ सङ्घीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ता छन् । गत नोभेम्बरमा भएको चुनावमा ट्रम्पको जितपछि डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएका ट्रम्पले पूर्वराष्ट्रपति बाइडनले मनोनीत गरेका केही अमेरिकी वकिलले राजीनामा दिएपनि अधिकाङ्शले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् ।










