Logo
Logo

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ


1.8k
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । गएराति फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुष चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा  उज्बेकिस्तानका अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन् ।

मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000