Logo
Logo

पौडी खेल्नेक्रममा दुई युवाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १९ असार । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार दुई युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्