
काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । अमेरिकाले बुधबार चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको ८ जनालाई सामान्य सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।
ब्यूरोका एसपी नरेन्द्र कुँवरले मानवतस्करीको नेक्ससबारे सामान्य सोधपुछ गरी उनीहरुलाई परिवारको जिम्मा लगाएको जानकारी दिए । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेपछि अवैध आप्रवासी फिर्ता अभियानले तीव्रता पाएको छ ।














