Logo
Logo

गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन


1.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

अन्य दुई सदस्यहरु भने टुंगो लाग्न बाँकी छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै थप दुई सदस्य नियुक्त गरिने जानकाारी दिए । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ ।

२०७६ चैत २४ गते गभर्नर नियुक्त भएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए । उनको कार्यकाल सकिन करिब एक महिना बाँकी छँदै सरकारले नयाँ गभर्नर छान्न सिफारिस समिति बनाएको हो।

प्रतिक्रिया दिनुहोस्