Logo
Logo

संसदमा अमरेशकुमारले मागे स्वास्थ्यमन्त्रीको राजीनामा


1k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सांसद सिंहले मन्त्रालयको सचिवमा डा. संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि उनले मन्त्रीको राजीनामा माग भएको हो ।

प्रतिक्रिया दिनुहोस्