काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् । उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए ।

‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्याउने भनेकोरु मैले मात्र सुनेको हो कि अन्य माननीयज्यूले पनि सुन्नुभएको हो‚’ उनले भने, ‘दश वर्षजति त भएछ त१ अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’
उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको आरोपसमेत लगाए ।
उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।














