Logo
Logo

आज सुदूरपश्चिम जाँदै प्रधानमन्त्री, प्रदेश सभालाई सम्बोधन गर्ने


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) सुदूरपश्चिम जाँदैछन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन उनी आज बिहान सुदूरपश्चिम जान लागेका हुन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् ।

त्यसपछि धनगढी पुगेर दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्