Logo
Logo

क्यालिफोर्नियास्थित हिन्दू मन्दिरमा तोडफोड


378
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित चिनो हिल्समा रहेको बीएपीएस हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । तोडफोड गरिएको मन्दिरमा आपत्तिजनक नारासमेत लेखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीएपीएस घटनाबारे अमेरिकाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी गरेको छ । अमेरिकी हिन्दू संगठन कोहना (COHNA)ले पनि घटनाको निन्दा गरेको छ । लस एन्जलसमा हुने कथित खालिस्तानी जनमत संग्रहको केही दिनअघि यो घटना भएको बताइएको छ ।

गत वर्ष पनि अमेरिकामा हिन्दू मन्दिरहरूमा तोडफोडका घटनाहरू भएका थिए । सेप्टेम्बर २५ मा क्यालिफोर्नियाको स्याक्रामेन्टोस्थित श्री स्वामीनारायण मन्दिरमा पनि तोडफोड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्