काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुटुक्कै पोखरा पुगेका छन् । उनी श्रीमती निकिता पौडेललाई लिएर आइतबार बिहान हवाइमार्ग हुँदै पोखरा पुगेका हुन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन पाेखरा पुगेका हुन् । यसअघि उनी ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका थिए ।
हिरासतबाट बाहिरिएपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी पार्टीको भावी योजना र रणनीति बनाउनमा व्यस्त रहेको बताइन्छ ।














