Logo
Logo

मनिषा कोइरालाले भनिन्- ज्ञानेन्द्र ‘सरकार’को भव्य स्वागत गरौं


882
Shares

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न अपिल गरेकी छन् । पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत देशवासीलाई यस्तो अपिल गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ ।’

कांग्रेसका ‘महामानव’ बीपी कोइरालाकी नातिनी मनिषा पछिल्लो समय कांग्रेसभन्दा पृथक् रहेर राजसंस्थाको वकालत गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्