Logo
Logo

माओवादीको पदाधिकारी बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो अपराह्न ३ बजे बस्ने भएको हो । हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी विशेष अभियान’ चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो ।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनले प्रचार गरिएजस्तो पूर्वराजाको सक्रियता बढेकाले अभियान स्थगित नगरिएको बताए ।

करिब १ महिना पोखरा बसाई सकेर आज ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदैछन् । उनको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतले शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्