Logo
Logo

सरकारकै नालायकीले राजावादीहरू आशावादी भए : माओवादी


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको शीष्र्ष नेताहरुको बैठकले सरकारको नालायकीपनका कारण आशावादी भएर राजावादीहरु सडकमा आएको निष्कर्ष निकालेको हो ।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले काम गर्न नसकेकाले उनीहरु सडकमा आएको पार्टीले निष्कर्ष निकालिएको जानकारी दिए ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै उनले अहिले जनतालाई भ्रमित पार्नतिर नलाग्न आग्रह समेत गरे ।

राजावादीहरु सक्रिय हुन थालेपछि ठूला राजनीतिक दलहरु सशंकित भएका छन् । नेकपा माओवादी केन्द्र त आफ्नो विशेष जागरण अभियान नै स्थगित गरेर काठमाडौं केन्द्रित आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्