
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री ओलीको सम्बोधनका बेला अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।
प्रदेशसभामा एमालेका ४० र कांग्रेसको २९ सांसद छन् । यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकार संसद्मा उठाइएका विषयहरू सम्बोधन गर्न असफल भएको र संसद्लाई पेलेर अघि बढ्न खोजेको आरोप उनीहरुको छ ।














